अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

सरकारद्धारा पानीजहाज कार्यालय स्थापना

बिआरटीनेपाल २०७५ फागुन २ गते ८:२३ मा प्रकाशित

सरकारले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका वीच पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको हो । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नुहुनेछ । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको छ । कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हालै मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको छ । आज पानीजहाज कार्यालय स्थापना गरे पनि २०७७ चैत मसान्तसम्म कार्यदल बनाएर नेपाल जलयातायात प्राधिकरण स्थापना गर्ने, जलयातायात प्राधिकरण ऐन र नियमावली तर्जुमा गर्ने कार्ययोजना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू