अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

हिरो गोल्डेन फुटवलमा नेपालले इरानलाई ३–० ले हरायो

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:२७ मा प्रकाशित

नेपाल भारतमा जारी ‘हिरो महिला गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलनजिक पुगेको छ । भुवनेश्वरमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार बलियो प्रतिद्वन्द्वी इरानमाथि हावी हुँदै नेपाल फाइनलनजिक पुगेको हो ।

नेपालले सनसनीपूर्ण प्रदर्शन गर्नेक्रममा इरानमाथि ३–० को जित निकाल्यो । नेपालले ४१औं मिनेटमा अनिता बस्नेतको गोलबाट प्रारम्भिक अग्रता लिएकामा ५९औं मिनेटमा साबित्रा भण्डारीको गोलबाट अग्रतालाई दोब्बर पार्न सफल भयो ।

त्यस्तै, साबित्राले ८९औं मिनेटमा अर्को गोल थप्दै नेपाललाई ऐतिहासिक जित दिलाइन् । फिफा वरीयतामा १०६औं स्थानमा रहेको नेपालले ६०औं स्थानमा रहेको इरानलाई हराएर सनसनी मच्चाएको हो । यसअघि, नेपाली महिला राष्ट्रिय टोलीले भारतलाई पहिलोपटक २–१ ले हराएको थियो । नेपाल पहिलो खेलमा भने म्यानमारसित ३–० ले पराजित भएको थियो ।

लगातार दुई खेल जिते पनि नेपालले फाइनलमा पुग्न भने म्यानमार र भारतबीचको भिडन्त हेर्नुपर्नेछ । नेपाल र म्यानमारको ६–६ अंक रहेकामा भारतको ३ अंक छ । इरान अंकविहीन हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया