अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

जनसंवाद यात्रा राजनीतिक तपस्याको बाटो हो – संयोजक बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:१५ मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले पार्टीको जनसंवाद यात्रा राजनीतिक तपस्याको बाटो रहेको बताउनुभएको छ । आज गोरखाको पालुडटारमा आयोजित जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले जनसंवाद यात्रामार्फत पार्टी र राजनीतिलाई शुद्धिकरणको दिशामा लैजाने बताउनुभयो ।

असल राजनीतिको कुरा गर्नु पहिले आफू असल र शुद्ध हुनुपर्ने धारणा राख्दै डाक्टर भट्टराईले त्यसको निम्ति जनताको वीचमा जाने, सम्वाद गर्ने, जनताको सुझाव लिने, आलोचना सुन्ने र त्यसपछि आफुलाई रुपान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो । जनयुद्धमा आफुलाई गर्व रहेको बताउँदै डा. भट्टराईले जनयुद्ध दिवसको अवसरमा महान शहिद, वेपत्ता परिवारजन, घाइते योद्धाहरुलाई श्रद्धासुमन व्यक्त समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू