अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

नेकपामा समस्या पैदा गर्ने कोशिस गर्नु निरर्थक , कसैको केही जोर चल्दैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बनाउने अभियानलाई अल्मल्याउन नेकपाभित्र समस्या पैदा गर्ने कोशिस भईरहेको बताउनु भएको छ । उहाँले हुदै नभएको समस्यालाई जवरजस्ती ल्याउन खोजिएको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनलाई सम्वोधन गर्दै उहाले राष्ट्र बनाउने अभियानलाई अल्मल्याउन अविश्वास जगाउन कोशिस भईरहेको बताउनुभएको हो । त्यसलाई सजगता र सचेतनाकै रुपमा आफुले लिएको प्रधानमन्त्रीले बताउनुभयो । सरकार संचालन गर्ने पार्टी नेकपा रहेको र त्यसभित्र समस्या पैदा गर्ने कोशिस थामिसक्नुको रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

बहुमतको सरकारले जनताले चाहेको काम पूरा गर्न थाले पनि केही तत्वले भने यस्तो नचाहेको प्रधानमन्त्रीले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनता आफैंले बनाएको संविधान अनुसारको गतिशील सरकारका कारण मुलुक सुशासनतर्फ अघि बढेको दाबी समेत गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा गरिबी र बेरोजगारी रहन नहुनेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले अब फागुन १ गतेलाई ‘रोजगारी दिवस’कारुपमा मनाइने जानकारी समेत दिनुभएको छ ।

कुनैपनि मित्रराष्ट्रविरुद्ध ‘कार्ड’ प्रयोग नगर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले अन्तर्राष्ट्रिय उत्तरदायित्व अनुसार कुनैपनि घटनाबारे बोल्नसक्ने स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू