अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

म्याग्दी समाज युएसएको नयाँ अध्यक्षमा अधिवक्ता इन्द्र बहादुर थापा निर्वाचित

खेम भट्टचन २०७५ माघ २९ गते २२:५० मा प्रकाशित

वासिङ्टन डिसी – अमेरिकाको बाल्टिमोरमा म्याग्दी समाज युएसएको आठौँ वार्षिक अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नयाँ अध्यक्षमा अधिवक्ता इन्द्र बहादुर थापा निर्वाचित भएका छन्। अमेरिका आउनु अघि नेपालमा सर्वोच्च अदालतको अधिवक्ता इन्द्र बहादुर थापाले कानुनमा एल.एल.एम. गरेका छन्। तत्कालीन पञ्चायती सरकारले दर्जनौँ पटक गिरफ्तार गरेर सदरमुकाम बेनीबजारको प्रहरी थानामा पटक पटक निर्मम यातना दिइएका म्याग्दी सिङ्गा – बांस्कुनाका इन्द्र बहादुर थापा नेपालमा गणतन्त्र प्राप्तिको लागी लडेका एक ” योद्धा ” हुन् ।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा आयोजित संस्थाको आठौँ वार्षिक अधिवेशनमा वरिष्ठ लोक गायक महतले भने – बाल्टिमोरमा सबैभन्दा पहिला म्याग्दी समाज खुलेर म्याग्दीवासीहरू एकजुट भएको देखेरै अन्य तनहुँ, कास्की, चितवन, लमजुङ समाजहरू खुलेका हुन् र BANA, NRN लगायतका आठ वटा संस्थाहरूको संयुक्त वनभोजमा उपस्थित सङ्ख्या भन्दा म्याग्दीको एक्लैकोमा डबल त्रिबल बढ्ता मान्छे उपस्थित भएको देखिएकोले, हेर्दा एउटा जिल्लाको देखिएतापनी म्याग्दी समाज बाल्टिमोरको एक शक्तिशाली संस्था हो- महाबाणिज्यदुत प्रेमराजा महतले भने ।

संसारै भरी भएका म्याग्दीवासीहरूको MONA नाम गरेको आफ्नै अन्तर्राष्ट्रिय सङ्गठन छ । संसारका २२ बाइस राष्ट्रमा MONA को शाखाहरू छन् । हंगकंगका सफल व्यवसायी प्रकाश पुन संस्थापक अध्यक्ष रहनुभएको MONA का बाइस राष्ट्रमा रहेका म्याग्दीवासीहरूको रु. एक करोड पैँतिस लाख चन्दा सहयोगले नै म्याग्दी बासी महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र सुरु भएको हो । म्याग्दीवासीहरूको अन्तर्राष्ट्रिय सङ्गठन MONA ” मिनी एनआरएन ” बनेको छ। म्याग्दीवासीले सञ्चालन गरेको बाल्टिमोरमा मात्रै ७० वटा जति बिजनेस छन् ।

म्याग्दी समाजका अध्यक्ष अमर छन्त्यालको अध्यक्षतामा आयोजित संस्थाको आठौँ वार्षिक अधिवेशन नेपालीहरूको आफ्नै भवन बाना भवनमा आयोजना भएको थियो। समारोहमा छिट्टै अमेरिकाबाट बेलायत बसाई सराई गर्न लागेका एक्स ब्रिटिस गुर्खाज क्याप्टेन दल बहादुर रोका लाई बिदाइ पनि गरिएको थियो। अमर छन्त्यालको पुरानो कार्यसमितिलाई बिदाइ र नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको वार्षिक अधिवेशनको समारोह महासचिव निलम थापा र सचिव मञ्जु पुनले सञ्चालन गरेका थिए ।

म्यारिल्याण्ड राज्य सरकारका कमिशनर डा. श्याम कार्की, नर्थ अमेरिकाकै जेठो संस्था अमेरिका नेपाल सोसाइटी ANS 1962 वासिङ्टन डिसीका पूर्व अध्यक्ष खेम भट्टचन (सिङ्गा ), NRN NCC USA की पूर्व उपाध्यक्ष रबिना थापा (मरांगखोला), नेपालमा ४२ वटा महिला सङ्गठनको महासङ्घ राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ- नेपालकी नेत्री कुसुम भट्टचन लगायत बाल्टिमोरका सङ्घ संस्थाका अध्यक्षहरू वार्षिक अधिवेशनका अतिथिहरू थिए ।

कृष् घिमिरे (ज्यामरुक), गोपाल विश्वकर्मा (पुला) र डा चक्र बुढाथोकी (सिङ्गा) को तिन सदस्सीय निर्वाचन समितिले अधिवेशनमा घोषणा गरेको म्याग्दी समाज युएसएको नयाँ कार्यसमिति यस प्रकार छ:
१) अध्यक्ष – इन्द्र बहादुर थापा क्षेत्री (सिङ्गा-बांस्कुना)
२) वरिष्ठ उपाध्यक्ष – खगेन्द्र छन्त्याल (गुर्जा)
३) उपाध्यक्ष – कृष्ण केसी क्षेत्री (सिङ्गा सुर्केमेला)
४) महासचिव – भीम केसी (घतान तोरीपानी)
५) सचिव – सुभाष भण्डारी (मुना)
६) कोषाध्यक्ष – अन्जु थापा (ताकम-धारा पानी)
७) सदस्य – दीपा पुन (चिम खोला /राखु)
८) सदस्य – दिनेश जिसी (घतान – पात्लेखेत)
९) सदस्य – किशोर शर्मा (राखु)
१०) सदस्य – मणिलाल राम दाम (पुला)
११) सदस्य – नरेन्द्र रावल (रत्ने चौर)
१२) सूचना निर्देशक – सुदर्शन पौडेल (भिरमुनि)
१३) सञ्चार निर्देशक – निलम थापामगर (चिम खोला)
१४) सांस्कृतिक संयोजक – मञ्जु पुन (चिम खोला)
१५) जनसम्पर्क निर्देशक – बुद्धि शेरचन (मच्छिम)

सम्बन्धित सामग्रीहरू