अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

आयो परदेशीहरूको गीत ‘आमाको आँसु’

बिआरटीनेपाल २०७५ माघ २९ गते २२:३८ मा प्रकाशित

पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले ‘आमाको आँसु’ बोलको गीत सार्वजनिक गरेका छन् । टेक्ससको युलेसमा आयोजित कार्यक्रम दिवंगगत आमाको वार्षिक पुण्य तिथिको अवसर पारेर गीत सार्वजनिक गरेका हुन ।

आम परदेशीको पीडालाई दर्साउन खोजिएको गीतको सार्वजनिक कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक नारायण पुरी, लेखक तथा निर्देशक शैलेश आचार्य, एनआएनका अमेरिकाका पूर्व उपाध्यक्ष राम सी पोखरेल, प्राध्यापक तथा साहित्यकार प्रभात दीक्षित, नेपाली समाज टेक्ससका सचिव परशुराम दाहाल, नेजा अमेरिकाका उपाध्यक्ष विकासराज न्यौपाने, नेजाकै सचिज सुरज भण्डारी लगायतले गीतले आम परदेशीको पीडा बोलेको बताए ।

गोविन्द मधुर आचार्य र वसन्त प्रकृतिको आवाज रहेको गीतको भिडियो शिव पुरीले निर्देशन गरेका हुन । किसन रेग्मीको निर्माण सहयोग रहेको गीतलाई ८८४८ एलएलसिले प्रस्तुत गरेको हो । गीतको भिडियो छिट्टै बजारमा युट्युबबाट सार्वजनिक हुँदैछ ।

गीतमा अन्जु देउजा, राजा कुमार घोष, रेगन क्षेत्री, हरि दवाडीले अभिनय गरेका छन् । चलचित्र निर्देशक नारायण पुरीको अवधारणामा भिडियो निर्माण भएको हो । 

प्रतिक्रिया