अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

टिपीएसको माग गर्दै व्हाइट हाउसअघि नेपालीको प्रर्दशन

बिआरटीनेपाल २०७५ माघ २९ गते ९:०१ मा प्रकाशित

अमेरिकाको डिसिमा टिपीएस (अस्थायी सुरक्षित दर्जा) प्राप्तकर्ताहरुको स्थायी बसोबास तथा स्थायी समाधानको माग गर्दै व्हाइट हाउस अगाडी प्रर्दशन भएको छ । त्यस क्षेत्रमा बसोबास गर्नेहरुले व्हाइट हाउस तथा संसद भवन क्यापिटल हिलमा टिपीएस (अस्थायी सुरक्षित दर्जा) सम्बन्धि कंग्रेसलाई दवाव दिने उद्धेश्य सहित प्रर्दशन गरेका हुन् ।

संस्थाले हामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने भन्दै अस्थायी सुरक्षित दर्जा सुबिधा प्राप्तकर्तालाई स्थायी बसोबास सहित यसको स्थायी समाधान हुनु पर्छ भन्ने आफ्ना माग रहेको बताएको छ । प्रर्दशनमा नेपाल टिपीएस मूल समितिको नेतृत्वमा करीब १ सय ५० नेपालीहरु उपस्थित भएका छन् ।

यसअघि सोमबार नेपाल र होण्डुरसले नाईन्थ सर्किट कोर्टमा स्थायी बसोबास सुविधा अन्त्य गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध मुद्दा दायर गरेका छन् । त्यसअघि एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको यस्तै मुद्दाको नजिरलाई आधार मानेर मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू