अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

जापानमा नेपालीबीच सम्बन्ध बिस्तार गर्न सम्मेलन

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:५७ मा प्रकाशित

जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीको प्रथम सम्मेलन भएको छ ।  नेपालीहरुले संचालन गरिहेका विभिन्न संघ संस्थाबीच सम्बन्ध बिस्तार गर्ने उद्देश्यले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको आयोजनामा सम्मेलन गरिएको हो ।

सम्मेलनको पहिलो चरणमा कार्य पत्र प्रस्तुत थियो । दोश्रो चरणमा बिशेष छलफल र प्रथम क्युस्यु घोषणा गरिएको छ।  अभियानका संयोजक धर्म राज अधिकारीले क्युस्यु सम्मेलनको आवश्यकता ,महत्व र क्युसुमा रहेका सामाजिक सघ, संस्थाबारे जानकारी दिनु भयो । फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष राम कृष्ण श्रेष्ठले क्युस्युमा अवस्थित नेपाली संघ(सस्थाहको परिचय तथा गतिविधिबारे जानकारी दिनुभयो ।

हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता प्रदिप श्रेष्ठले फुकुओकामा नेपाली विद्यार्थीको अवास्थाबारे जानकारी गराउनु भयो । नेपाल सरकारका उपसचिव गोरख शाहीको नेतृत्वमा गठित कार्य समितिले फुकुओकामा बसोबास गरिहेका अवस्थाबारे प्रकाश पार्नुभयो । नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष तथा साझा पोस्टका जापान सम्पादक अर्जुन थापाले सामाजिक संजाल र सामाजिक संस्था बारे प्रस्ट्याउनु भयो ।

नेपाल फेस्टिवल फुकुओका २०१९ का संयोजक एवं एन आर एन ए क्युसु संयोजक लक्ष्मण बानियाले नेपाल फेस्टिवल बारे उल्लेख गर्नुभयो । कार्यक्रममा फुनेसो अध्यक्ष नवीन अधिकारी, एन आर एन ए क्युस्यु संयोजक लक्ष्मण बानिया ,नेपाल जापान फ्रेन्डशिप अध्यक्ष अर्जुन थापा ,कास्की पोखरा समाज क्युस्यु अध्यक्ष सन्तोष थापा ,क्युस्यु नेपाल फ्रेन्डशिप एसोसियसन उपाध्यक्ष रामकृष्ण श्रेष्ठ , किराँत् राइ यायोक्खा क्युस्युका प्रतिनिधि रोशन राई ,प्रवासी कलाकार संघ जापान अध्यक्ष हिमाल जिसी ,तमुधि क्युस्यु संयोजक भिम बहादुर गुरुङ ,जनजाति आदिवासी महासंघ र क्युस्यु अध्यक्ष बिष्णु तामाङले आफ्नो संस्थाबारे धारणा राख्नु भयाे ।

स्याङ्रजा समाज क्युस्यु प्रतिनिधि नबिन सिङ्ग ठकुरी, राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान उपाध्यक्ष पुर्षोत्तम सिग्देल ,मगर संघ क्युस्यु बरिष्ठ उपाध्यक्ष दिपक राना ,मियाजाकी प्रिफेक्चर बाट कुमार थापा ,तामांग समाज क्युस्यु तथा युथ ह्यान्ड्स एसोसियसन अध्यक्ष ग्यम्जो लामा ,राप्ती समाज क्युस्यु अध्यक्ष भिम बुढाथोकी , सुदुर पस्चिमाञ्चल समाज क्युस्यु संथापक अध्यक्ष दिलेन्द्र जोशी ,जनसम्पर्क समिति क्युस्यु अध्यक्ष डिका कार्की ले आफ्नो संस्थाबारे जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू