अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

विश्वमा किरा–फट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:४६ मा प्रकाशित

विश्वमा किरा–फट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी आएको एक अध्ययनले देखाएको छ । बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वभर नै किरा–फट्याङग्राको संख्यामा उल्लेख्य कमी आएको उल्लेख छ ।

स्तनधारी जनावर, चरा र सरिसृपको तुलनामा किराफट्याङ्ग्राको संख्यामा ८ गुणाले कमी आएको अध्ययनले देखाएको छ । झिंगा र साङ्लाको संख्या भने बढ्ने सम्भावना रहेको अनुसन्धानकर्ताको भनाइ छ ।

४० प्रतिशत किरा फट्याङ्ग्राको अस्तित्व आगामी एक दशकमा हराउने प्रतिवेदनमा लेखिएको छ । कृषिमा प्रयोग हुने विषादी तथा जलवायु परिवर्तन किरा फट्याङ्ग्र्राको संख्यामा आएको कमीको मुख्य कारण रहेको अध्ययनले ठहर गरेको छ । खासगरी विकसित अर्थव्यवस्था भएका मुलुकमा मौरीको संख्या निकै घटेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू