अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

गजल

चिरञ्जीवी लामिछाने २०७५ माघ २८ गते १५:१२ मा प्रकाशित

बुझ्नुभयो परिवर्तन त अपार हुँदैछ ।
जे नमिल्ने बेच्न त्यसकै बजार हुँदैछ ।

भेट भयो घिउ बेच्ने र तरबार बेच्नेको
आफ्ना आफ्ना सामानको प्रचार हुँदैछ ।

रिझाउनु पर्ने विशेष कुरा हुनुपर्छ
पाहुनाको व्यापक स्वागत सत्कार हुँदैछ ।

गोठालाको सर्वसम्मत निर्णयको बलमा
आज बोकालाई कुभिन्डो आहार हुँदैछ ।

कली भए पनि केही त नउल्टे नि हुने
महिशासुरबाट देवीको संहार हुँदैछ ।

 

प्रतिक्रिया