अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

आइसीसी वरीयतामा नेपाली खेलाडीको उल्लेख्य सुधार

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सोमबार सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा राष्ट्रिय टोलीका खेलाडीहरुले उल्लेख्य सुधार गरेका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरीयता सुधार गर्नुभएको हो ।

यसै महिना संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न युएईविरुद्धको तीन खेलको टी–२० सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ९० औं स्थानमा कायम हुनुभएको छ । अघिल्लो महिना कप्तान खड्का ९६औं स्थानमा रहनुभएको थियो । त्यसैगरी, अलराउन्डतर्फ कप्तान खड्का ४०औं स्थानमा रहेका छन् ।

त्यस्तै, नयाँ वरीयताको बलिङतर्फ सोमपालले २३औं स्थान सुधार गर्दै ७०औं स्थानमा उक्लनुभएको छ ।उहाँ यसअघि ९३औं स्थानमा हुनुहुन्थ्यो । सोमपाल अलराउन्डरतर्फ भने ५१ औं स्थानमा रहनुभएको छ ।

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औं स्थानमा उक्लनुभएको छ । अघिल्लो महिना वसन्त ७४औं स्थानमा हुनुहुन्थ्यो । नयाँ वरीयताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू