अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

डिपीएल क्रिकेटः घरेलु टोली धनगढीलाई पराजित गर्दै काठमाडौंको विजयी सुरुवात

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:२३ मा प्रकाशित

घरेलु टोली धनगढीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्सले धनगढी प्रिमिय लिग (डिपिएल) को तेस्रो संस्करणको खेलमा विजयी सुरुवात गरेको छ । सोमबार धनगढीस्थित फाप्लाक्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै उसले जितको सुरुआत गरेको हो । टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्यो ।

यसैवीच, प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडमाथि २ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ‘अलआउट’ हुनुपूर्व १११ रन बनाएको थियो । जवाफमा महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमात्रै बनाउन सक्यो ।

प्रतिक्रिया