अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

मधेसी जनताको पक्षमा संविधान संशोधन हुन्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ माघ २८ गते ७:३६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिकामा आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले मधेसी जनताको आवश्यकताअनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शङ्का नगर्न आग्रह गर्दै मधेसको विकास गरेमात्रै मधेसी जनताको आकांक्षा सम्बोधन गर्न सकिने बताउनुभएको छ । नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको उल्लेख गर्दै प्रचण्डले तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको जानकारी गराउनुभयो ।
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागि परेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू