अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा हुने

बिआरटीनेपाल २०७५ माघ २७ गते २२:०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी ३-५ अगस्ट २०१९ मा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा आयोजना गर्ने भएको छ । सो निर्णय अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको हो ।

३-५ अगस्ट २०१९ मा आयोजना गरिने सो सम्मेलनको सम्पूर्ण तयारी अनेसास बेलायत च्याप्टरले गर्ने जिम्मेवारी लिएको छ । बेलायतले यसअगि पनि दोस्रो सम्मेलन सम्पन्न गरिसकेको छ । अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलनको तयारी सुरु भएको छ ।

सो सम्मेलनमा सबै महादेशका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न कार्यपत्रहरू प्रस्तुत हुनेछन् भने केही विषयमा प्यानल डिस्कसन पनि हुनेछन् । विश्व काव्य गोष्ठी, पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, चित्र प्रदर्शनी, स्मारिका प्रकाशनलगायतका कार्यक्रमहरूको आयोजना हुनेछ। सम्मेलनले बेलायत घोषणापत्र पनि जारी गर्नेछ ।

अनेसासले यसअगि क्रमशः: न्यु योर्क, बेलायत, वासिङ्टन डी. सी., जापान र अस्ट्रेलियामा गरी पाँच वटा सम्मेलन सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू