अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

प्रेम दिवसकै सँघारमा ल्याइन मेलिना राईले प्रेमिल गीत

बिआरटीनेपाल २०७५ माघ २७ गते २१:४० मा प्रकाशित

सुमधुर स्वरकी धनी मेलिना राईको स्वरमा “तिमी सुन न, तिमी बुझ न “बोलको प्रेमील गीत आज वसन्त पंचामीका दिन यु ट्युबमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको शब्द रचनामा खेम विश्वकर्माले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन्। गीतको रेकर्डिङ काठमान्डू स्थित मेलोडी नेपाल स्टुडियोमा गरिएको हो ।

प्रेम मनोविज्ञानको गहिराइमा पुगेर सुललित शब्दहरूमा लेखिएको गीतमा आफूले मिहिनेतका साथ सङ्गीत गरेको र मेलिना राईले गायनमा राम्रै न्याय गरेकोले यो गीत श्रोताहरूको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको कुरा सङ्गीतकार खेम विश्वकर्मा बताउँछन् । प्रेम दिवसको सँघारमा सार्वजनिक गरिएको यो गीतमा श्रोताले आफ्नै प्रेमील कथा भेट्टाउने कुरामा गीतकार डाक्टर चन्द्र गिरी विश्वस्त हुनुहुन्छ । गीतकार गिरीका अनुसार गीतको म्युजिक भिडियो निकट भविष्यमा अमेरिकाकै नर्थ क्यारोलाइनामा छायाङ्कन हुँदैछ । 

गीत सुन्नको लागि लिङ्क:

प्रतिक्रिया