अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

सुन्ने र सुनाउने १२ औं भाग सम्पन्न

बिआरटीनेपाल २०७५ माघ २७ गते २१:२७ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको सुन्ने र सुनाउने कार्यक्रमले आफ्नो १२ औँ भाग आज सम्पन्न गरेको छ । सरस्वती पूजाको पावन अवसरमा समाजसेवी तथा अग्रज व्यक्तित्व प्रा डा श्री विजयराज शर्माको सभापतित्वमा प्रारम्भ भएको उक्त कार्यक्रमलाई अर्का समाजसेवी श्री बुद्धिप्रसाद लामिछानेले आकर्षक रूपमा सञ्चालन गर्नु भएको थियो ।

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी सुरु गरिएको सो कार्यक्रममा सदा झैँ विभिन्न विधाका सृजना बाँचन गरिएको थियो ।

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको नियमित मासिक कार्यकमको १२ औँ भागमा आइ पुग्दासम्मको उतार चढाव, जन सहभागिता, संस्थाले खेप्नु परेको चुनाैति, विद्यमान अवसर तथा प्रतिष्ठानको विकासको क्रममा उब्जिएका विविध भावनात्मक पक्षका सम्बन्धमा समीक्षा सहित धन पौड्याल, ज्ञानेन्द्र काफ्ले तथा भुपेन्द्र महतद्वारा आफ्ना साहित्य सृजना प्रस्तुत गर्नु भएको थियो ।

भाषा साहित्य र सङ्गीतलाई औपचारिकता बिना सिधै आपसमा सुन्ने सुनाउने अभियान बोकेको यस क्रार्यक्रमले सबै सर्जकहरुकोलागि साझा मञ्च तयार पार्दै आइरहेको छ । समान हैसियत र समानताको पक्षधर यस प्रतिष्ठानमा सहभागी हुन सबैलाई समान अवसर प्रदान गर्ने गरेको छ । कार्यक्रममा साहित्यकार सेनु प्रसाद तिवारी, समीर आचार्य, बुद्धिप्रसाद लामिछाने, सरोज भुसाल, सीता सापकोटा, टिका पौड्याल, लालप्रसाद चौलागाइ तथा विजयराज शर्माले आ-आफ्नो रचना बाँचन गर्नु भएको थियो ।

यस अङ्कमा रक्तदान जीवन दानको बिषममा रचना सृजनाको लागि अनुरोध गरिए अनुरूप केही रक्तदान सम्बन्धी रचना समेत समावेश भएका थिए । साथै Blood Doner’s America को आयोजना तथा प्रतिष्ठानको सह आयोजनामा आगामी शनिवार रक्तदान सहित केही रचना बाँचन 3 Community Park Rd, Broomfield, CO 80020 मा रहेको Broomfield Library मा आयोजना गरिने भएको छ ।

बिआरटी नेपाल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिँदै आएको यस कार्यक्रम प्रत्येक महिनाको दोस्रो आइतबार नियमित रूपमा सञ्चालन हुँदै आइरहेको यो कार्यक्रम आगामी मार्च १० मा 10211 Ura lane Thronthon मा सञ्चालन हुनेछ । सो कार्यक्रममा वाचन गरिने सृजनाको मूल विषय “प्रेम दिवस” हुने पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया