अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

आचार्यका दुई गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ माघ २७ गते २१:१२ मा प्रकाशित

काठमाडौँ । गायक तथा रचनाकार मातृका आचार्यका दुई गीत एक साथ हालै सार्वजनिक गरिएको छ । प्रणय दिवसलाई लक्षित गरेर गायक आचार्य र गायिका अस्मिता अधिकारी (नेपाल आइडलकी चर्चित गायिका) को आवाजमा प्रेमिल गीत (दुई मुटु एउटै पारी) तथा आचार्य मात्रले गाएको अर्को मार्मिक गीत (घाटमा मलाई) सार्वजनिक गरिएको हो ।

गायक आचार्यको रचना र आवाज तथा पुरुषोत्तम न्यौपानेको सङ्गीतमा तयार भएका यी दुई गीत शब्दार्थ म्युजिकले बजारमा ल्याएको हो । शब्दार्थ म्युजिक, शब्दार्थ प्रकाशनको भगिनी संस्था हो ।

प्रतिक्रिया