अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

एक्जियटाले भन्यो – एनसेलले कर तिर्दैन !

बिआरटीनेपाल २०७५ माघ २७ गते ७:०३ मा प्रकाशित

एनसेललाई होल्ड गर्ने कम्पनी एक्जियटाले एनसेल खरिद विक्रिमा भएको लाभकर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ । सर्वोच्च अदालतले एनसेल र एक्जियटाबाट कर उठाउनू भनेर रिट जारी गरेपछि एक्जियटाले यस्तो विज्ञप्ति निकालेको हो । एक्जियटाले लाभकर तिर्ने दायित्व बेच्ने टेलिया कम्पनीकै भएको बताएको छ ।

एक्जियटाले ठूला करदाता कार्यालयले किनबेचका लागि ‘क्लिरियन्स’ दिइसकेको अवस्थामा लाभकरको विषय टुंगिएको र आफूहरुको तिर्नुपर्ने दायित्व नभएको प्रष्टाएको हो । साथै एक्जियटाले देश बाहिरको कारोबारमा लाभ करको विषय आकर्षित नहुने र भइहाले पनि बेच्नले दायित्व बहन गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू