अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

भेनेजुएला प्रकरणको बक्तब्यमा दुवै अध्यक्षको सहमति थियो – महासचिब पौडेल

बिआरटीनेपाल २०७५ माघ २७ गते ७:०१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले भेनेजुएला प्रकरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेकाले अनावश्यक रुपमा उचालिरहनु जरुरी नभएको उहाँको भनाई छ ।

रुपन्देहीको मणिग्राममा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भेनेजुएला प्रकरणले पार्टी्भित्र कुनै विवाद नरहेको दावी समेत गर्नुभयो । पार्टी अध्यक्ष प्रचण्डले केही दिन अगाडि सरकारका काम कार्वाहीबारे उठाएकोमा प्रश्नमा संकेत गदै पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले चिन्ता लिन आवश्यक नभएको बताउनुभयो । शान्तिका नाममा धन्दा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर प्रचार गर्न खोजेको जिकिर गर्दै महासचिव पौडेलले त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू