अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

एकीकरण ढिलाइले कार्यकर्तामा निराशा – नेता नेपाल

बिआरटीनेपाल २०७५ माघ २७ गते ७:०० मा प्रकाशित

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरण पूर्ण नहुँदा कार्यकर्तामा निराशा छाएको बताउनुभएको छ । आइतबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले पार्टी एकीकरण टुंग्याउन ढिला भएको टिप्पणी गर्दै अब तत्काल पार्टी एकीकरणको सवै प्रक्रिया टुंग्याउन जरुरी रहेको बताउनुभयो । नेता नेपालले पार्टी एकीकरण पूर्णरुपमा टुंग्याउन जति ढिला हुन्छ त्यति नै कार्यकर्तामा निराशा बढ्दै जाने टिप्पणी गर्नुभएको छ ।

कार्यदलले गरेको कामको समिक्षा गर्दै अब सचिवालय, स्थायी, पोलिटव्युरो तथा केन्द्रीय कमिटी हुँदै जनवर्गीय तथा केन्द्रीय निकायलाई पूर्णता दिन ढिलाइ गर्न नहुने उहाँको भनाई थियो । उहाँले पार्टी एकता टुंग्याउनका लागि सिनियरलाई पहिलो प्राथमिकता र जुनियरलाई दोस्रो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । वरिष्ठ नेता नेपालले भेनेजुयलाको विषयलाई लिएर सरकारको नेतृत्व गरिरहेको पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालवीचको विवाद छलफलको माध्यमबाट तत्काल हल गर्न जरुरी रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू