अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुद्धारा आइतबारबाट रिले अनशन सुरु 

बिआरटीनेपाल २०७५ माघ २७ गते ६:५० मा प्रकाशित

पोखराको पृथ्वीचोकमा अवस्थित गण्डकी मेडिकल टिचिङ कलेजका बिद्यार्थीहरुले आजबाट अस्पताल प्राङ्गणमा रिले अनशन शुरु गरेका छन् । कलेजले बिना कुनै शीर्षक अवैधानिक ढंगले शल्क असुल गरेको र त्यसको विरोधमा आफुहरुले आन्दोलन गर्दै आएपनि नियमन निकायले कलेजलाई कारबाही गर्न नसकेको भन्दै उनीहरु अनशनमा बसेका हुन् ।

नेपाल सरकारले तोकेको भन्दा बढी लिइएको शुल्क विद्यार्थीहरुलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उनीहरुलाई नै दिनुपर्ने लगाएतका मागहरु राख्दै विद्यार्थीहरु रिले अनशनमा बसेका हुन् ।

आफुहरुको माग पुरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने अनशनरत बिद्यार्थीहरुले चेतावनी दिएका छन् । आफुहरुले विभिन्न चरणमा गरेर माघ १७ गतेबाट आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको भएपनि सुनुवाई नभएपछि बाध्य भएर रिले अनशन बस्नुपरेको उनीहरुको भनाई छ ।

यसैबीच गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनलाई अखिल नेपाल विद्यार्थी युनियनले समेत समर्थन गरेको छ । विद्यार्थीहरुबाट प्रशासनले तोकिएको भन्दा बढी शुल्क लिइरहँदा सरकार समेत मुकदर्शक बनेपछि देशमा काननु नै नभएको जस्तो अनुभव भएको युनियनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू