अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

राष्ट्रपतिबाट वसन्त श्रवण 

बिआरटीनेपाल २०७५ माघ २७ गते ६:४८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज वसन्त श्रवण गर्नुभएको छ । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभएको थियो । श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गर्दछ । यसैकारण आजको दिनलाई वसन्त पञ्चमी भन्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू