अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

विदेशबाट फर्केकालाई ५ करोड

बिआरटीनेपाल २०७५ माघ २६ गते २१:५९ मा प्रकाशित

सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँका आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेको सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो ।

रोजगारबाट फर्केका युुवालाई आवद्ध गराउन नेपालमा व्यवस्था रहेका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितहरुको निजी आवास निमार्ण कर्जा ३ लाख रुपैयाँ दिने गरी कार्यक्रम तय गरिएको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू