अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

ट्रम्प–किम वार्ताको तयारी तीव्र

बिआरटीनेपाल २०७५ माघ २६ गते ७:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको दोस्रो भेटवार्ताको तयारी तीव्र पारिएको छ । यही फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने शीर्ष नेताहरुको वार्ताका लागि दुवै देशले तयारी तीव्र पारेका हुन् । वार्ताको तयारीका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टिफन बेगनले तीन दिने प्योङयाङ भ्रमण गर्नुभएको छ ।

विशेष दूत स्टिफनले उत्तर कोरियाका समकक्षी किम योक–चोलसँग वार्ता गर्नुभएको थियो । दुई अधिकारीबीच गत वर्ष ट्रम्प र किमबीच सिंगापुरमा भएको पहिलो ऐतिहासिक वार्तामा गरिएका प्रतिबद्धता कार्यान्वयनका पक्षमा भएका प्रगति र गर्नुपर्ने कामबारे कुराकानी भएको बताइएको छ ।उहाँहरुबीच शीर्ष नेताहरुबीच हुने दोस्रो भेटवार्ता प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा समेत छलफल भएको बताईएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामको हनोइमा वार्ता हुने घोषणा गरिसक्नुभएको छ । शान्ति स्थापनाका लागि आगामी वार्ता प्रभावकारी बन्ने आशा ट्रम्पले व्यक्त गर्नुभएको छ । यसअघि, सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू