अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

बल्झियो भारत– चीन सीमा विवाद, मोदीको अरुणाञ्चल भ्रमणमा चीन जनायो कडा आपत्ति

बिआरटीनेपाल २०७५ माघ २६ गते ७:३० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ । चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै आज जारी गरिएको विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको टिप्पणी गर्नुभएको छ ।

विदेशमन्त्री छुन्याइङले विज्ञप्ति जारी गर्दै भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गर्नुभएको थियो । मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताउनु भएको थियो । चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ ।
अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दैआएका छन् । चीनले भने अरुणाञ्चल प्रदेशको पूर्वी उत्तर भूभागलाई तिब्बतको क्षेत्र दावी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू