अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

अमेरिकामा पुनः नेपाली विद्यार्थीको मृत्यु

बिआरटीनेपाल २०७५ माघ २५ गते ४:४८ मा प्रकाशित

अमेरिकामा पुनः एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । अमेरिकामा अध्ययनरत २५ वर्षीय नेपाली विद्यार्थी कुशल शर्माको मृत्यु भएको हो । सिलिकन भ्यालीको सान्तक्लारामा गुडिरहेको ट्रेनसँग ठोकिएर शर्माको निधन भएको प्रहरीले जनाएको छ । स्थानीय न्युज च्यानल एनवीसी र दी मर्करी न्युजले प्रहरीलाई उद्धृत गर्दै पैदल यात्रीका लागि निषेध गरेको ठाउँमा गएर कुशल ट्रेनमा ठोकिएको जनाएका छन् । तत्काल घटनास्थलमा पुगेको प्रहरी टोलीले शर्माको फिंगरप्रिन्ट अध्ययन गरेर मृतक कुशल शर्मा नै भएको ठहर गरेको थियो ।

गत डिसेम्बर २५ तारिख आफू वस्तै आएको अपार्टमेन्टमा एक जना मेक्सिकनसँग भएको झगडा पछि प्रहरीले कुशल शर्मालाई पक्राउ गरेको थियो । त्यस पछि उनी घर नफर्किएको बताईएको छ । शर्मालाई प्रहरीले आवश्यक अनुसन्धान पछि त्यसै दिन छोडेको जनाएको छ । हराएको एक महिना पछि उनी मृत अवस्थामा भेटिएका हुन् । शर्मा सन्निभेल स्थित हाइल्यान्डर अपार्टमेन्टमा आमा जयन्ती बस्नेत र बाबा दीपक तिवारीका साथमा वस्तै आएका थिए । कुशल डिएनजा कलेजमा अध्यनरत विद्यार्थी हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू