अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

गजल

स्माइल गजुरेल २०७५ माघ २४ गते २२:४२ मा प्रकाशित

गरिब देखिए महल र कार हुनेहरू;
वाइड बडीले डामेका भार हुनेहरू ।१।

गरेको देखियो प्रभुको खाते दारी मात्र;
हनुमान भक्त दलाली बिचार हुनेहरू ।२।

नेपालको विकास देखेर दुनियाँ अचम्म भो रे;
कताबाट बोल्छन् हावाको संसार हुनेहरू ।३।

भ्रष्टको कहिल्यै अनुहार नहेर्ने पुकार छ;
दायाँ तथा बायाँ भ्रष्टका यार हुने हरू ।४।

निकम्बा लाग्दैछ चुनेर पठाएका संसद्;
कता छन् जन्ताका मान्छे र आधारहरू ? ।५।

प्रतिक्रिया