अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

पोखरामा नेपाल भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय वार्ता शुरु

बिआरटीनेपाल २०७५ माघ २४ गते ५:०३ मा प्रकाशित

पोखरामा नेपाल भारत वाणिज्य सन्धि सम्बन्धि सहसचिव स्तरीय बैठक बिहीबारबाट सुरु भएको छ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार दिल्लीमा पहिलो बैठक भएको थियो । पोखराको यो बैठक दोस्रो हो ।

वार्तामा नेपाली टोलीको नेतृत्व सैंजु र भारतीय टोलीको नेतृत्व भूपेन्द्रसिंह भल्लाले गर्नुभएको छ । शुक्रबार सम्म चल्ने वार्ताले दुई देश बीच व्यापार सहजीकरणकरणका साझा एजेन्डा तय गर्ने बताईएको छ । दुई देश बीच सम्झौता हुनुपर्ने बुँदाको समेत यो बैठकले आबश्यक तयारी गर्नेछ ।

बैठकमा नेपालबाट ९ र भारतीय पक्षबाट ७ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू