अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 02:52

अमेरिकाबाट सिक्नुपर्ने कुरा

विष्णु गुरुङ २०७५ माघ २३ गते १२:५३ मा प्रकाशित

भन्छन् संसारको सबै कुरालाई सिक्न सकिन्छ, सिक्नु भनेको नक्कल गर्नु होइन जीवनलाई जीवित राख्नु हो। अमेरिकामा आफ्नो नयाँ जीवनको खोजीमा पलाएन भएको सिलसिलामा निक्कै लामो बसाइले मलाई यस देशले धेरै कुराहरू सिकाएको महसुस मैले गरेकी छु। जीवनमा जन्मदिनको महत्त्व कहिल्यै राखिन नयाँ कुरा सिक्ने र नयाँ ठाउँ घुम्ने रहर प्रायजसो सबै मानिसलाई हुन्छ तर थोरैले मात्र यस सपनालाई पुरा गर्छन्।

आफू यस धर्तीमा जन्मेको दिनलाई सम्झनु भनेको आफूलाई सम्झनु रहेछ। पार्टी गरेर धूमधामसँग यस दिनलाई नसम्झे पनि कमसेकम केही नयाँ वा राम्रो कुराको थालनी वा नयाँ ठाउँ घुमेर यसदिनलाई विशेष दिन बनाउने सोचले, गत वर्ष यो सिमिटो पाना रामा ट्रेकिङ गरेर प्राकृतिक सौन्दर्यसँग जन्मदिन मनाए भने यस पटक अमेरिकाको एक धनाढ्य व्यक्ति विलियम हर्स्टले बनाएको ऎतिहासिक हर्स्ट क्यासलका सुन्दर मानव संरचनाहरूसँग जन्मदिन मनाए।

यसरी नै आफ्नो हरेक जन्मदिनलाई केही स्मरण लायक काम गर्ने दिनको रूपमा महत्त्व दिएर आफूलाई सम्झने बिचार गरेकी छु।

आमा छोरा मन उमङ्गका साथ गफ गर्दै सूर्यको किरणको लालीसँगै संघ्रालय पुग्न २४२ माइल ड्राइभ भएकोले बाटोमा ब्लायक बियरमा खाजा खाना पस्यौ। भालुले खाए झैँ खानु (Eat as a bear) यस रेश्टुरेण्ट्को नारा जस्तै सबै स्टाफहरू मोटा र टेबलमा खाना बसेकाहरू पनि सबै मोटा र खाना पनि साँच्चै एक भागले हामी जस्तो दुई जनालाई हुने नै थियो।

रमाइलो लाग्यो कस्तो गजबको नौलो तरिका अनि मैले हाँसो गर्दै छोरालाई भने हामीले पनि यसको ठिक उल्टा तरिका गर्न सकिँदैन र? अमेरिकनहरू कुनै नौलो कुराको अनुभव लिन अति रुचाउँछन् तर हामी नेपाली नौलो अनुभव गर्न डराउँछौ। मैले पनि पोखराको होटेल शिखरलाई केही नौलो स्वाद दिने सोचले होटेल दिदी गरे जसले महिलाहरूलाई प्रोत्साहन गर्दै होटेल महिला समूहले सञ्चालन गर्ने र दिदीको भावना र मायाले होटेलको वातावरण भरिने, ब्लायक बियरबाट आफ्नो सोचलाई अझ बिस्तार गर्ने प्रोत्साहन मिलेको महसुस मैले गरे।

किताबमा पढेको वा सुनेको कुरा हामी भुल्छौ तर पैतालाले टेकेर दुइटा आँखाले हरेको र दुइटा कानले सुनेको कुरा हाम्रो भित्री मनले थाहा पाउने भएकोले यसको स्मरण दिमागले गर्छ। यस हर्स्ट संघ्रालयको कथा धेरै लामो समयदेखि सुनेता पनि जन्मदिनले मलाई त्यहाँ पुग्न उत्साह दियो। कुनै पनि मानिस आफैमा महान् हुँदैन उसको कामले उसलाई महान् बनाउँछ भने झैँ एक धनी व्यक्तिले आफ्नो सौखले बनाएको महल हेर्न आज बर्सेनि दश लाख पर्यटन हर्स्ट क्यासल आउँछन्।

दुई हजार वर्ष पुरानो कलाकृतिदेखि विभिन्न देशहरूबाट सङ्कलन गरिएको कलाकृतिहरूले महल सजिएको छ। टुरगाईडले महल र विलियम हर्स्टको इतिहास बताउँदै भमणलाई बडो रोचक बनाउँदा रहेछन्। महल हेर्न अमेरिकाको विभिन्न ठाउँदेखि अन्य देशहरूबाट पनि मानिसहरू आएका थिए।

मलाई यस महल र यहाँको व्यवस्थापन देखेर आफ्नो देशको अनमोल सम्पदा काठमण्डौको नारायणहिटी दरबार र पाल्पाको रानी दरबारको याद आयो। हामीले नक्कल गर्नु पर्दैन तर पाठ भने सिक्नु पर्छ अनि राम्रो देखा सिकी गर्न सक्नु पनि पर्छ भने झैँ हाम्रा यी ऎतिहासिक धरोहर बोकेका दरबारहरूलाई देशदेखि विश्व सामु चिनाउन सक्यौ भने बर्सेनि यहाँ करोडौँ पर्यटनको घुइँचो लाग्नेछ। हामीसँग धनको भण्डार छ तर त्यसको महत्त्व बुझ्न सकेको छैन। भण्डारको चाबी हराएको छ मैले जन्मदिन भुले जस्तै तर आशा गरौँ हामीले छिट्टै आफूलाई चिन्नेछौ मैले जन्मदिन मनाए जस्तै । पुन: पोस्ट

प्रतिक्रिया