अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

नेपाल्स चब्बी मोडल–२०१९ को उपाधि रविना पोखरेललाई

बिआरटीनेपाल २०७५ माघ २३ गते १२:२४ मा प्रकाशित

काठमाडौँ – नेपालमै पहिलो पटक सद्धि मिडियाले आयोजना गरेको ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन् । २५ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । शीर्ष विजेता बन्दै उपहारमा स्कुटी हात पारेकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस वेस्ट र्‍याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छिन् ।

मङ्गलवार राष्ट्रिय नाचघर जमलमा अबेर साँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप र पुनम श्रेष्ठ सेकेन्ड रनर अप चुनिए । चटौट ‘मिस बब्बी’, ‘मिस मल्टिमिडिया’, ‘मिस फ्रेन्डी’ समेत घोषित हुँदा श्रेष्ठले ‘मिस ब्युटिफुल’ र ‘ब्युटी वीथ पर पोज’ उपाधि हात पारिन् । विजेताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छन् ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । सञ्जीव झा, अमित झा, कृष्ण देवकोटा, प्रतिमा कार्की, चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए । आफू मोटी छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन डराइरहेका महिलाहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उदेश्यले यो प्रतियोगिता हुँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । विभिन्न साङ्गीतिक तामझामका साथ आयोजित प्रतियोगिताको कोरियोग्राफर सच्चु गुरुङ रहेकी थिइन् ।

प्रतिक्रिया