अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

नयाँ मिसाइल प्रणाली विकास गर्ने रुसको घोषणा

बिआरटीनेपाल २०७५ माघ २३ गते ३:३३ मा प्रकाशित

शीतयुद्धका बेला अमेरिकासँग गरिएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धिबाट बाहिरिने घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली विकास गर्ने भएको छ । रुसका रक्षामन्त्री सर्गेइ सोयगूले आगामी दुई वर्ष्भित्र जमिनबाट जमिनमै मार हान्ने नयाँ मिसाइल बनाउने तयारी भइरहेको बताउनुभएको हो । उहाँले रुससँग मिसाइल भएको र त्यसलाई नयाँ प्रणालीका रुपमा विकसित गरिने जानकारी दिनुभयो ।

रक्षामन्त्री सोयगूले अमेरिकाले पहिलेदेखि नै आईएनएफ सन्धि उल्लंघन गरिरहेको आरोप पनि लगाउनुभएको छ । अमेरिकाले ५ सय किलोमिटरभन्दा लामो दुरीसम्म मार हान्न सक्ने मिसाइल बनाइरहेको उहाँको आरोप थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो रक्षा मन्त्रालयलाई सोही अनुसारको काम गर्न निर्देशन दिइसकेको सेर्गेईले बताउनुभयो । रुसले नयाँ मिसाइल प्रणाली विकसित गर्न लागेकोबारे अमेरिकाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गत हप्ता राष्ट्रपति डोनल्ड ट्रम्पले सन्धिबाट बाहिरिने घोषणा गरेपछि रुसले पनि आफूमात्र सन्धि मान्न बाध्य हुनुनपर्ने भन्दै त्यसबाट बाहिरिएको थियो । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का मानिएको छ । सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू