अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्धारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७५ माघ २२ गते ६:३४ मा प्रकाशित

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिनुभएको छ । पौडेलले यही माघ २३ गतेबाट लागू हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटासमक्ष राजीनामा पेश गर्नुभएको हो ।

पौडेलले राजिनामा पेश गरेसंगै एक बिज्ञप्तिमार्फत आफुले राजिनामा दिनुपर्नाको कारणसमेत स्पष्ट पार्नुभएको छ । ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी आफुले राजिनामाको निर्णय लिएको बिज्ञप्तिमा उल्लेख छ । उहाँले आफ्नो पालामा नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरूवात गर्ने गौरव प्राप्त भएको पनि राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

यसअघि, आइतबार बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चौमासिक समीक्षा बैठकमा खबर भएर पनि अटेर गरी अनुपस्थित भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पौडेलसँग कडा स्पस्टिकरण सोध्न निर्देशन दिनुभएको थियो । उक्त बैठकमा चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा राखिएको थियो ।

तर निकितालाई बोलाउँदा पनि उनी अनुपस्थित भएपछि मन्त्री बास्कोटा रुस्ट बन्नुभएको थियो । त्यसपछि मन्त्री बास्कोटाले मन्त्रालयका अधिकारीलाई जानकारी गराउँदा पनि अटेर गरी अनुपस्थित हुने पौडेलमाथि स्पष्टिकरण सोधेर बर्खास्तसम्म गर्न निर्देशन दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू