अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

महेन्द्र राजमार्ग व्यक्तिको नाममा पास

बिआरटीनेपाल २०७५ माघ २१ गते १९:३५ मा प्रकाशित

सञ्जय कार्की, रौतहट । ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ता काट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । नेपाल समाचार पत्रले समाचार छापेको छ ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहावट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसँग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ । यसै कारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व पश्चिम राजमार्गको अधिकास भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ता काट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ । पूर्व पश्चिम लोक मार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व पश्चिम राजमार्गको जङ्गलछेउदेखि चादिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकास सडकको भाग घडेरीको रूपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो । किताकाट नगरिकनै पठाउनु भनेको रजिष्टेसन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ ।

अन्तर्राष्ट्रिय मार्गको रूपमा परिचित लोकमार्गलाई भूमाफियाको मिलेमतोमा सडक विभागले तोकेको मापदण्डबिपरित व्यक्तिको नाममा पास गराउन सहयोग गर्नु आपत्तिको विषय रहेको नागरिक समाजका अगुवाले बताउने गरेका छन् ।

सडकको क्षेत्रफलको किताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएकोले सम्सी कित्ता पास गर्ने गरेको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सञ्जयकुमार साहले बताउनुभयो । नापी कार्यालयको कित्ताकाटका आधारमा मालपोत कार्यालय बाट रजिष्ट्रेसन पास हुँदै आएको छ । सडकको जमिनसमेत पास गरेको विषयमा नापी र मालपोत कार्यालयले एक अर्का लाई दोष देखाउने गरेका छन् ।

व्यक्तिको नाममा राजमार्ग नै पास हुन थालेपछि डिभिजन सडक कार्यालय रौतहटले पूर्वको बाके जङ्गल र पश्चिममा धन्सार सम्मको राजमार्गको लालपुर्जा मगाएको छ ।

उता चन्द्रनिगाहपुरमा रहेको देव आयल स्टोर्सले २४ धुर जमिन खरिद गरे पनि सडकको १४ धुर समेत पास गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त जमिन बीरंगजका रवि कुमारले बिक्री गरेका हुन । उनले आफ्नो नामको जमिन राजमार्गसहित पास गर्न सहयोग गरेका छन् ।

सडकको जमिन नक्सामा खुलाइएको छ तर पनि अनधिकृत लाभको भरमा नापी कार्यालयले सडकको किताकाट नगर्ने गरेको खुल्न आएको हो । चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैँडाकोटमा ०२२ सालमा तत्कालीन राजा महेन्द्र शाहबाट सो सडकको उद्घाटन भएको हो । पूर्व पश्चिम राजमार्ग झन्डै एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकडभिट्टा (मेची नगर)देखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले व्यक्तिको नाममा राजमार्ग नै पास भएको सुन्दा दिगभ्रमित भएको बताउनुभयो । सडकको नियममा पूर्व पश्चिम राजमार्ग ३१ मिटर भनिए पनि हाल २५ मिटर कायम गरिएको र बाँकीको ५ मिटरमा घरधनीले कुनै किसिमको संरचना बनाउन नपाउने हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू