अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

सोनाम ल्होसारको शुभकामना

बिआरटीनेपाल २०७५ माघ २१ गते १०:२६ मा प्रकाशित

तामाङ जातिको महान् पर्व सोनाम ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीति रिवाज र परम्परा छन् । जस मध्ये सोनाम ल्होसारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ । सोनाम ल्होसारमा तामाङ जातिले कुल पूजा र प्रकृतिको पूजा गर्ने तथा अन्य समुदाय र सबै धर्मका व्यक्तिहरूलाई खुल्ला हृदयले स्वागत गर्ने पर्वको रूपमा समेत रहेको छ । यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।

मोहन आचार्य
सांसद, नेपाली काँग्रेस
रसुवा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू