अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप २ हजार सुरक्षाकर्मी परिचालन गर्ने

बिआरटीनेपाल २०७५ माघ २१ गते ४:१२ मा प्रकाशित

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप २ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ ।

योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्न राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्यवस्था हुनुपर्ने ट्रम्पको अडान तथा डेमोक्र्याटिक पार्टीको त्यसविरुद्धको अडानका कारण ३५ दिनसम्म संघीय सरकारी कार्यालयको काम प्रभावित भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू