अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

नेपाली चलचित्र क्याप्टेनको युट्युबमा १३ लाख बढी भ्युज

बिआरटीनेपाल २०७५ माघ २० गते १२:१७ मा प्रकाशित

काठमाडौँ –आगामी फाल्गुन १७ गते रिलिज हुने अनमोल केसीद्वारा अभिनीत सिनेमा चलचित्र ‘क्याप्टेन’ को सार्वजनिक ट्रेलरले अहिले सम्मको नयाँ रेकर्ड कायम गरेको छ । २४ घण्टा अघि ट्रेलर सार्वजनिक भएको अहिले सम्म १३ लाख बढी दर्शकको साथ पाएको छ । 

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’को ट्रेलरमा अहिलेसम्म करिब ५२ हजार लाईक र ८ हजार ५ सय भन्दा बढी कमेन्ट मिलेको छ । सिनेमाको ट्रेलरमा अधिकांश दर्शकले कमेन्टमा अनमोल केसी र क्याप्टेको प्रशंसा गरेका छन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको सिनेमालाई सदाबहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् । सामिप्यराज तिमिल्सेनाको कथा रहेको चलचित्रकी कार्यकारी निर्माता जिया केसी हुन् । उक्त चलचित्रमा अनमोल केसीका अलावा डेब्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रियङ्का एनभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, सुर्यमाला खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सुर्यमाला खनाल धेरै वर्षको अन्तरालमा चलचित्रमा देखा पर्दै छिन । 

चलचित्र ‘क्याप्टेन’मा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको सङ्गीत, दिर्घ राज खड्काको सम्पादन, सुदिप बरालको डिओपी, नवराज उप्रेतीको छायाङ्कन, रामेश्वर श्रेष्ठ र राजन महर्जनको भिएफएक्स, साहील खानको ट्रेलर मेकिङ्ग रहेको छ । 

प्रतिक्रिया