अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

आर्ट काउन्सिलमा आर्ट फर नेचर

बिआरटीनेपाल २०७५ माघ २० गते ११:०८ मा प्रकाशित

काठमाडौँ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गर्नुभएको छ । 

दि आर्ट क्लब नेपालको संयोजनमा ‘रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिम’ द्वारा पुसको तेस्रो हप्तामा पर्सा राष्ट्रिय निकुञ्जमा कला शिविर आयोजना गरेको थियो । सोही क्रममा तयार भएका चित्रकला प्रदर्शनीमा राखिएको हो । सो क्रममा तयार भएका १२ जना कलाकारका २५ कलाकृतिमध्ये उत्कृष्ट चित्रकलालाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रममा कुलपति कर्माचार्यले उत्कृष्ट छनोट हुनुभएकी कलाकार सविता डङ्गोललाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ प्रदान गर्नुभयो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका लागि नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, रिलिफ फण्ड फर वाइल्डलाइफ भिक्टिमका अध्यक्ष डा.प्रभु बुढाथोकीले प्रकृति र वन्जयजन्तुको संरक्षणमा कलाकारले देखाएको चासोको प्रशंसा गर्नुभयो । 

प्राकृतिक विनाशले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावलाई कलाकारले चित्रकलामा उतारको छन् ।

प्रदर्शनीमा रागिनी उपाध्याय, सुदर्शन विक्रम राणा, सुनिता राणा, राजन पन्त, जस्मिन राजभण्डारी, सुरेम देशार, इशान परियार, सविता डङ्गोल, सङ्गीता घिमिरे, प्रधी राणा, ग्रेवी भिन्सेन्ट, पल्भी वर्ग र भिल्मा लोट्टा पेन्टिलकैनेनका चित्रकला राखिएका छन् । 

कार्यक्रममा प्राज्ञ रमेश खनाल, बुद्धि गुरुङ, पूर्व कुलपति रागिनी उपाध्यायको उपस्थिति रहेको थियो । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू