अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

शब्द यात्रा प्रकाशनबाट छ जना सम्मानित, छ पुस्तक सार्वजनिक

बिआरटीनेपाल २०७५ माघ २० गते १०:१७ मा प्रकाशित

शब्द यात्रा प्रकाशनले आयोजना गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा २०७५ सालका लागि विभिन्न ६ विधाका सम्मान समर्पण गरियो भने ६ वटा पुस्तक सार्वजनिक गरियो ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीको प्रमुख आतिथ्य र साहित्यकार भरत जङ्गमको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समालोचक डा. वासुदेव त्रिपाठीलाई शब्द यात्रा समालोचना सम्मान, कवि तथा गीतकार कालीप्रसाद रिजाललाई शब्द यात्रा कविता काव्य सम्मान, नेपालको पहिलो महिला हास्यकलाकार श्रीमती वसुन्धरा भुसाललाई शब्द यात्रा महिला प्रतिभा सम्मान, अनुसन्धाता डा. राजेश गौतमलाई शब्द यात्रा अनुसन्धान सम्मान, बालसाहित्यकार विश्वम्भर चञ्चललाई शब्द यात्रा बाल साहित्य सम्मान र वैज्ञानिक प्रा. सुरेशराज चालिसेलाई शब्द यात्रा विज्ञान–प्रविधि सम्मान समर्पण गरियो ।

यीसमेत गरी शब्द यात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्वहरूको सङ्ख्या १ सय १६ पुगेको छ । शब्द यात्रा प्रकाशनले हरेक वर्ष ५ हजार?रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहारसहित १८ विधामा सम्मान समर्पण गर्ने गरेको छ ।

सम्मानित व्यक्तित्वहरूका बारेमा सामान्य व्यक्तित्व चयन समितिका संयोजक डा. इन्दुल केसीले जानकारी दिनुभएको थियो भने सम्मानित व्यक्तित्वहरूले शब्द यात्रा प्रकाशनलाई आशीर्वचन दिनुभएको थियो ।

उक्त समारोहमा दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ (भजन सङ्ग्रह), श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘चाणक्य नीति दर्पण’ (काव्यानुवाद), सह दीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसान तथा बटुक भैरव स्तोत्र’ (स्तुति सङ्ग्रह), दामोदर घिमिरेद्वारा लिखित ‘समाजका कर्मवीर’ (लेख सङ्ग्रह), नवीना श्रेष्ठद्वारा लिखित ‘नमारिएका सहिदहरू’ (कथासङ्ग्रह) र ‘मेरो हराएको कविता’ (कविता सङ्ग्रह) लाई सार्वजनिक गरियो ।

सबै पुस्तकहरू शब्द यात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यीसमेत शब्द यात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १७ पुगेको छ ।

सार्वजनिक गरिएका पुस्तकहरूको परिचय कृष्णमणि कुइँकेल र चन्द्रबहादुर खड्काले गराउनुभएको थियो भने कृतिकारका तर्फबाट दामोदर घिमिरे र नवीना श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शब्द यात्रा प्रकाशनका सञ्चालक सदस्य हरि गोपाल प्रधानले स्वागत भाषण र संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहका सभापति समाजसेवी किताबसिंह लामा हुनुहुन्थ्यो । समारोहमा प्रमुख अतिथिलाई शब्द यात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले संस्थाका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो ।

समारोहमा ‘नेपाल भूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा एक वर्षसम्म निःशुल्क लेख रचना उपलब्ध गराउने मुकुन्दप्रसाद उपाध्याय, पोष चापागाईँ, कविप्रसाद प्याकुरेल, डा. गोपाल सिवाकोटी, कृष्ण विनोद शर्मा, चूडाप्रसाद चौलागाई, दामोदर घिमिरे, रोशन मञ्जुश्री अधिकारी, भार्गव उपाध्याय, अनुपम ढुङ्गेल, शिव बन्जारा, गीता मञ्जुश्री, गोविन्दबहादुर खड्का, सुदर्शन आचार्य, भवानी पाण्डे, युवराज शर्मा, सह दीप पलान्चोके, रश्मि हुमागाईं र प्रा. सुरेशराज चालिसेलाई उपहार प्रदान गरिएको थियो ।

विशेष अतिथि भरत जङ्गमले कार्यक्रमको समीक्षा गर्नुभएको उक्त समारोहमा शब्द यात्रा प्रकाशनका लागि विविध सहयोग गर्ने सुनिलकुमार अग्रवाल र अञ्जनकुमार कोइरालालाई कदरपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू