अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

सिरिजकाे निर्णायक खेल जित्न नेपालद्वारा युएईसामु १ सय ५ रनकाे लक्ष्य प्रस्तुत

बिआरटीनेपाल २०७५ माघ २० गते ५:२६ मा प्रकाशित

नेपालले युएईलाई तेस्रो तथा निर्णायक टी-२० खेल जित्न १ सय ५ रनको लक्ष्य दिएको छ। युएई स्थित आइसिसी एकेडेमीमा वर्षाले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतीमा १ सय ४ रन जोड्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान  पारस खड्काले १४ बलमा २९ रन जाेडे। यस्तै सन्दीप जाेराले ११ बलमा २८ तथा विनाेद भण्डारीले २१ रन बनाए। युएईका लागि माेहम्मद नाविद र सुल्तान अहमदले समान २/२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू