अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

भारतका लागि नवनियुक्त नेपाली राजदूत आचार्यद्धारा राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ

बिआरटीनेपाल २०७५ माघ २० गते ५:१६ मा प्रकाशित

भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले राष्ट्रपतिसामु पद तथा गोपनियताको शपथ लिनुभएको छ । सरकारले राजदूतले राष्ट्रपति समक्ष सपथ लिनुपर्ने व्यवस्था गरेपछि उहाले आज अपरान्ह राष्ट्रपति निवासमा राष्ट्रपति विद्योदेवी भण्डारीसमक्ष राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

राष्ट्रपति समक्ष सपथ लिने आचार्य पहिलो राजदूत समेत हुनु भएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । राजतन्त्रात्मक व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यवस्था थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै यो प्रचलन हटेको थियो । तर, परराष्ट्रविज्ञहरुका अनुसार सपथ गराउनु अनिवार्य हुने बताउछन् । जसले नियुक्ति दिने हो उसैले सपथ गराउनुपर्ने उनिहरुको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू