अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान, कांग्रेसको लिखित असहमति

बिआरटीनेपाल २०७५ माघ २० गते २:५६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले उजुरीको लागि १० दिनको समय सीमा दिएको छ ।

समितिको आइतबार बिहान बसेको बैठकमा कांग्रेस सांसदले विपक्षी दलका नेता बिनै संवैधानिक परिषदले अध्यक्ष सिफारिस गरेको भन्दै असहमति राखेको हो । बैठकमा सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सहमति गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

वैधानिक परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी, मधेसी आयोगमा डा.विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

गत माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ पनि नियुक्तिको प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू