अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

मेरिल्याण्ड जनरल एसेम्वलीको एएपीआई ककसमा भण्डारी निर्वाचित

बिआरटीनेपाल २०७५ माघ १८ गते २२:४८ मा प्रकाशित

एनापोलिस, मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित एशियन मूलका विधायक तथा सिनेटरहरुको समूह एएपीआईले शुक्रवार विधिवतरुपमा पूर्णता पाएको छ ।

सिनटेर सुजन लिको अध्यक्षतामा रहेको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्सको ककस समूहको पहिलो उपाध्यक्षमा क्रिसेला भाल्डारामा ,यसै गरी उपाध्यक्षमा क्लारेन्स लामलाई निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित भएकी लि मेरिल्याण्डको जनरल हाउसमा सन् २००२ देखि निर्वाचित भएकीछन भने अहिले मेजरीटी व्हिपको रूपमा सिनेटमा काम गर्छिन् । उक्त ककस सन् २०१५ देखि क्रियाशील रहेको छ । अहिले मेरिल्याण्ड जनरल एसेम्वलीमा रहेका पाँच मुख्य ककस मध्ये एएपिआईको ककस महत्त्वपूर्ण मानिन्छ ।

लामले साउथ एशियन मूलका जे जेलेसीलाई फराकिलो मत अन्तरले हराएका थिए । लाम मेरिल्याण्ड जनरल एसेम्वलीमा सिनेटरको रूपमा कार्यरत छन् भने उनी जन हपकिन्स अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गर्छन् । उनी अमेरिकाको पेन्सल भेनियामा जन्मिएका चिनियाँ मूलका हुन् ।

एएपिआईको टेजररमा हयारी भण्डारी र नीति निर्माण तहमा ओनेका फिसरलाई निर्वाचित गरेका छन् । भण्डारी मेरिल्याण्ड जनरल एसेम्वलीमा पहिलो पटक निर्वाचित भएर उक्त ककस समूहको महत्त्वपूर्ण पदमा निर्वाचित भएका हुन् । पहिलो कार्यकालमा नै ककसमा महत्त्वपूर्ण जिम्मेवारी पाउनेमा भण्डारी सानो सूचीको विधायकमा पर्छन् । संयुक्त सदन को कमिटीमा रहेका सदस्यहरूको बिचमा भएको यो निर्वाचनमा भण्डारीले आफूलाई नेतृत्व पङ्क्तिमा उभ्याउन सफल भएका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे लिले एएपिआई सँग चासो रहेका विभिन्न मुद्दाहरूमा ककसले काम गर्ने जानकारी दिइन ,उनले यस्ता कार्यक्रमहरूमा डाका ( वाल्य अवस्थामा अमेरिकामा आएकाहरूको लागि प्रदान गरिएको आप्रवासन सुविधा) , यूभिषाको प्रक्रिया लगायत विभिन्न विषयहरू रहेको समेत बताइन ।

कार्यक्रममा मेरिल्याण्ड राज्यकी टेजरर न्यासी कोपले विभिन्न आर्थिक तथा वित्तीय विषयमा डेलिगेट तथा सिनेटरहरुलाई जानकारी गराएकी थिइन् ।

यसै गरी ककस समूहले आगामी मार्च १२ तारिखमा लेजिसलेटिभ ककस नाइट को आयोजना गर्ने भएको छ । कार्यक्रममा एएपिआई ककसका कार्यकारी निर्देशक माइकल लोरेले आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । एएपीआई ककसमा भारतीय मूलका पहिलो निर्वाचित प्रतिनिधि कुमार वारवे मार्क एस चाङ,डेभिड मून लगायतका सिनेटर तथा डेलिगेटहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू