अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

वरिष्ठ कलाकार बीएस राणा रहेनन्

बिआरटीनेपाल २०७५ माघ १७ गते २३:१९ मा प्रकाशित

काठमाडौँ, वरिष्ठ कलाकार बीएस राणाको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

ब्रिटेनमा अध्ययन सकाए पछि स्वदेश फर्केका बिएस राणा वि.सं. २०४१ सालबाट देखि औपचारिक रुपमा नेपाली फिल्म उद्योगमा छिरेका थिए । राणा प्रख्यात अङ्ग्रेजी नाटककार सेक्सपियरका नाटकमा अभिनय गरेका कारण उनी नेपाली सेक्सपियरको नामले समेत चिनिँदै आएका थिए । उनले दर्जनौँ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरूमा कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, बसन्ती, देश, काफल पाक्यो, कसले चोर्‍यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ ‘दर्पण छाया २, सेतो बाघ, हवलदार सुन्तली, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, लगायतका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू