अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

स्वास्थ्यमा सुधार आएपछि पारसलाई सीसीयूबाट क्याबिनमा सारियो

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:४७ मा प्रकाशित

हृदयाघाात भएपछि आकस्मिक रुपमा अस्पताल भर्ना गरिएका पूर्वयुवराज पारस शाहलाई बुधबार सीसीयूबाट क्याबिनमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सीसीयूबाट क्याबिनमा सारिएको हो।

गत सोमबार हृदयाघात भएपछि अकस्मात रुपमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र्पुयाइएका पारसको सोही दिन मुटुमा स्टेन्ट राखिएको थियो ।
अहिले शाहको अवस्थामा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

उहाँलाई शुक्रबारसम्ममा डिस्चार्ज गरिने नर्भिकका चिकित्सकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू