अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

डा. केसीका माग जायज छन, पुरा गर्नुपर्छ – पुर्व प्रधानन्यायधीश कार्की

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:२४ मा प्रकाशित

पूर्व प्रधानन्याधीयश सुशीला कार्कीले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सरकारले पुरा गर्नु पर्ने बताउनुभएको छ । केही दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न बुधबार दिउँसो सवा एक बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्नुभएका कार्कीले केसीका सबै माग जायज भएको भन्दै सरकारले चाँडै माग पूरा गर्नेमा आफू विश्वस्त भएको बताउनुभयो ।

डा. गोविन्द केसीका माग पूरा नगरिए ३ करोड नेपालीको भावनामा ठेस लाग्ने उल्लेख गर्दै उहाँले नन्दप्रसाद अधिकारीको मृत्युले नेपालको साख अन्तराष्ट्रिय स्तरमा गिरेको बताउँदै अब पनि यस्तो हुनु देशकै लागि लाजमर्दो हुने बताउनुभयो । साथै संसदमा पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले उपत्यकाका कलेजलाई मात्रै समेटेको बताउँदै यो विभेद अन्त्य गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीको मनमा पनि गोविन्द केसीप्रति सकारात्मक भावना रहेको बताउँदै ढिलोचाँडो केसीका सबै मागलाई सबैले बुझ्ने कार्कीको भनाई थियो । डा. केसीले जित्दा तीन करोड नेपालीको जित हुने उहाँले ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू