अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

संसदको जीवनरक्षाका लागि कस्ले बोल्ने हो – पुर्व मन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ माघ १५ गते ९:०८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले संसदको सार्वभौमिकता रक्षाका लागि आवाज उठाउनुपर्ने बताउनुभएको छ । अनसनरत चिकित्सक गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने भन्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका मन्त्री अधिकारीले संसदको पनि स्वतन्त्र निर्णय गर्न पाउने अधिकार छ नि संसदको जीवन रक्षाका बारेमा किन कोही नबोलेको मन्त्री अधिकारीको प्रश्न थियो । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहनुभएका सांसद अधिकारीले चिकित्सा शिक्षा विधेयकमा अनसनरत डा.गोविन्द केसीका माग शतप्रतिशत पुरा भएको बताउनुभएको छ । केसीसँग शिक्षा मन्त्रालयले गरेका सहमति अनुसार चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको उहाँको भनाई छ ।

पोखरामा प्रेस संगठन नेपाल कास्कीले गरेको पत्रकार सम्मेलनमा सांसद अधिकारीले डा.केसीका जीवनरक्षाका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै चिकित्सा क्षेत्रसँग सम्बन्धित माग भने पुरा भइसकेको बताउनुभयो । शान्ति प्रक्रिया सम्बन्धि राजनीतिक मुद्दा सम्बन्धमा केसीका माग अस्वभाविक रहेको र मुलुकमा द्वन्द चर्काउने ठूलो षडयन्त्र भइरहेको अधिकारीको भनाई रहेको छ ।
चिकित्सा शिक्षा विधेयकमा आगामि १० बर्षभित्र गैरनाफामूलक क्षेत्रका रुपमा विकास गर्ने, ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था, हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने लगायतका प्रावधान राखिएको उहाँको भनाई रहेको छ ।

डा.गोविन्द केसीको जीवनरक्षाको सबाल जत्तिकै संसदको स्वतन्त्रता र सार्वभौमिकता रक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाई रहेको छ । डा.केसीले चिकित्सा शिक्षा विधेयक पास भएपछि त्यसको स्वामित्व ग्रहण गर्नुपर्नेमा राजनीतिक माग राखेकाले उहाँलाई कसैले प्रयोग गरेको हुन सक्छ, पूर्वमन्त्री अधिकारीले आशंका व्यक्त गर्नुभयो । गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल दुवैले केन्द्रीय अस्पतालका रुपमा मान्यता प्राप्न गर्ने खालको मापदण्ड पुरा नगरेकाले त्यसको स्तरोन्नति गर्नेतर्फ सरकार लागि परेको उहाँको भनाई थियो । बरु शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै श्वासप्रश्वास अस्पताललाई पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रुपमा विकास गर्ने निर्णय लिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू