अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

मलेसियाको डब्लूआरपी कम्पनीका दुई हजार नेपाली श्रमिक आन्दोलित, हड्तालस्थलमा दूतावासले टोली पठायो

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:४३ मा प्रकाशित

तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् । कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् ।

डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्रािष्ट्रय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको जानकारी दिनुभएको छ । उहाँले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताउनुभयो ।

श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको जानकारी दिनुभएको छ । दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ । ती श्रमिकहरुको जनवरी अघिबाट एकहजार रिंगेट न्यूनतम् तलब पाउथे । जनवरीबाट भने ११ सय रिंगेट लागू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू