अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

सरकारविरुद्ध कांग्रेस निकट तीन संगठनको प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ १३ गते ८:२० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले सरकारविरुद्ध आइतबार संयुक्त प्रदर्शन गरेका छन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले आइतबार सरकारविरुद्ध संयुक्त प्रदर्शन गरेका हुन् ।

सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका संसदीय व्यवस्थामाथि धावा वोल्न थालेको आरोप लगाउँदै कांग्रेसका भ्रातृ संगठनहरु आन्दोलित भएका हुन् । संसदबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाम जोडिएका अस्पताल खारेज गर्न खोजेको विरोधमा सरकारविरुद्ध आन्दोलन गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताउनुभयो ।

माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका कांग्रेसका भ्रातृ संगठनहरुले निषेधाज्ञा तोड्ने प्रयाससमेत गरेका थिए । सुरक्षार्कीले ‘माइकिङ’ गरेर निषेधित क्षेत्रतर्फ अगाडि नबढ्न चेतावनी दिएपनि आन्दोलनकारीहरुले निषेधाज्ञा जारी भएको स्थानमा राखेको काँडेतार तानेर निषेधाज्ञा तोड्ने प्रयास गरेका हुन् । निषेधित क्षेत्र तोड्ने प्रयास गरे बल प्रयोग गर्ने चेतावनी दिँदै सुरक्षाकर्मी अगाडि बढेपछि प्रदर्शनकारीहरु पछाडि हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू