अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

चलचित्र ‘रातो गलबन्दी’ मा राजेश र श्रेयाले गाए

बिआरटीनेपाल २०७५ माघ १२ गते ७:१६ मा प्रकाशित

निर्देशक अनीश थापाको निर्देशनमा झापाको विभिन्न स्थानमा छायांकन भैरहेको नेपाली चलचित्र ‘रातो गलबन्दी’को टाइटल गीत आज नक्सालको एकाउस्टिक स्टुडियोमा रेकर्डिङ सम्पन्न भएको छ । उक्त चलचित्रमा राजेश पायल राई र श्रेया राईले स्वर दिएका छन् । उक्त गीताको विनोद खम्बुको सङ्गीत र लोकराज अधिकारीको शब्द रहेको छ ।

श्रेया राई रियालिटी सो भोइस अफ नेपालकी टप ८ हुन र यो उनको चलचित्रमा पहिलो गीत हो । चलचित्रमामा केकी अधिकारी, कोसिस छेत्री, बुद्धिमान तामाङ, हेमन्त बुढाथोकी, भङेरी डनले अभिनय गरेका छन् भने चलचित्रलाई हिमाल केडरिया, दुर्गा बस्नेत, नवराज लम्सालले निर्माण गरेका हुन । 

प्रतिक्रिया