अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

कानुनभन्दा माथि कोही छैन, सबै मर्यादामा बस्नुपर्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ १२ गते ३:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनभन्दा माथि कोही नभएकोले सबै मर्यादामा बस्नुपर्ने बताउनुभएको छ । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर स्वदेश फकिनुभएका प्रधानमन्त्री ओलीले शनिबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै संविधान, कानुनभन्दा माथि कोही नभएकोले सबैले मर्यादामा बस्नुपर्ने बताउनुभएको हो ।

‘संविधान, कानुन र संस्थाभन्दा माथि कोही छैन। सबैले आफ्नो मर्यादामा बस्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । पत्रकारहरूले डाक्टर गोविन्द केसीको अनसनमा उठाएको प्रश्नमा भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया जनाउनुभएन । ‘सबै कुराको प्रक्रिया हुन्छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

सो अवसरमा सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्व आर्थिक मञ्चको ४९ औं सम्मेलनमा भएको गतिविधिबारे पत्रकारलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू